२८ आश्विन २०८३, बुधबार

तीनकुने सामूहिक हत्याकाण्डका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । जिल्ला अदालत काठमाडौंले गैरीगाउँमा सामूहिक हत्याकाण्डका आरोपित सञ्जय भण्डारीलाई पुर्पक्षका थुनामा पठाउने आदेश दिएको छ ।

आज शुक्रबार थुनछेक बहसपछि अदालतले भण्डारीलाई थुनामा पठाउने आदेश गरेको हो ।

भण्डारीमाथि आजीवन जन्मकैद मागदाबी गर्दै अभियोग पत्र दायर भएको थियो ।

भण्डारीले भदौ २९ गते राति कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको तीनकुनेस्थित गैरीगाउँमा एकसाथ हत्या गरेका थिए ।