२८ आश्विन २०८३, बुधबार

राजनीतिक अस्थितरता अन्त्य गर्न निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : ईश्वर पोखरेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल काठमाडौ जिल्ला समितिद्वारा आज शुक्रबार काठमाडौंमा आयोजित नेपालको विद्यमान राजनीतिक अवस्थामा नेकपा एमालेको भूमिका विषयक अन्तरसंवाद तथा दसैँ–तिहारलगयात विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताएका हुन् ।

उपाध्यक्ष पोखरेलले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गर्दै सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको स्पष्ट गरे । एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको उनको भनाइ थियो ।