२८ आश्विन २०८३, बुधबार

कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्छ : सांसद गौतम

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै गौतमले वर्तमान सरकारले मुलुकको बिभिन्न समस्या समाधान गर्न नसकेको भन्दै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

उनले वर्तमान सरकारप्रति आशा भरोषा गरे पनि अहिले आम जनतामा देखिएको निराशालाई चिर्न नसकेको बताए । सामान्य जनजीवीकाका विषयमा पनि सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ ।

कोशी प्रदेशमा कांग्रेसभित्रका असन्तुष्ट सांसदहरूले विद्रोह गरेसँगै केन्द्रको सरकारमा समेत फेरवदल आउने सम्भावनाकाबीच राष्ट्रिय सहमतिको सरकारको वहस सुरू भएको हो ।