
काठमाडौं, २६ असोज । सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् ।
आज शुक्रबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष निर्वाचित गरेको हो ।
यसअघि उनी बैंकको सञ्चालक थिए । बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन् ।
अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाएका छन् ।













प्रतिक्रिया