२८ आश्विन २०८३, बुधबार

कोशीको घटनाक्रमबारे समीक्षा गर्न राप्रपाको केन्द्रीय पदाधिकारी बैठक सुरू

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सुरु भएको छ ।

कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केहीबेरअघि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।

आजको बैठकले मुलुकको समसामयिक परिस्थतिको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समीक्षा गर्ने र कोशी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिने बताइएको छ ।