२८ आश्विन २०८३, बुधबार

एसिया र युरोपका राजनीतिक दलको बैठक काठमाडौंमा हुने, सम्पूर्ण तयारी पूरा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक यही शुक्रबारदेखि काठमाडौँमा हुँदैछ ।

यही असोज २६ देखि २८ गतेसम्म हुने बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने नेकपा एमालेका नेता समेत रहेका एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवम् आइक्यापका स्थायी कमिटी सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहनेछ ।

नेकपा एमालेका परराष्ट्र मामिला विभागका प्रमुखसमेत रहेका डा. भट्टराईले बैठकको सम्पूर्ण तयारी पूरा भएको र सहभागिताका लागि विभिन्न देशबाट अतिथि आउन सुरू गरेको जानकारी दिए ।

काठमाडौंको गोकर्णमा आयोजना गरिने बैठकको उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही असोज २७ गते सम्बोधन गर्ने कार्यक्रम छ ।