८ कार्तिक २०८३, आइतबार

रिगलको आममाफीविरूद्धको रिट हेर्न नमिल्नेमा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकालको आममाफीविरूद्व परेको रिट हेर्न नमिल्नेमा परेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा परेको मुद्वा हेर्न नमिल्नेमा परेको हो । चेतन मान‍न्धरको हत्या आरोपमा रिगललाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

गत संविधानसभा दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । उनको आममाफीविरूद्व चेतनकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

मुद्वाको अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ ।