२८ आश्विन २०८३, बुधबार

१४ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गर्दै आएका लामा पक्राउ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । १४ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गर्दै आएका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामा छन् ।

उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।