
काठमाडौं, २५ असोज । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागद्वारा सञ्चालित स्कुलको १३औँ श्रृङ्खला बुधबारदेखि सुरु भएको छ ।
भारत प्रवासमा रहेका नेपालीहरूको संस्था प्रवासी नेपाली संघ, भारतका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्यहरू र भारतका विभिन्न राज्यबाट आएका ६० जनाभन्दा बढी प्रवासी नेपालीहरू तीन दिन पार्टी स्कुलमा सहभागी भएका हुन् ।
पहिलो दिन बुधबार उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टी स्कुल तथा उद्देश्यमाथि प्रकाश पार्नुका साथै पार्टीको दशौँ महाधिवेशनद्वारा पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशाका बारेमा प्रशिक्षण दिएका थिए ।















प्रतिक्रिया