२७ कार्तिक २०८३, शुक्रबार

बझाङ केन्द्रबिन्दु भएर ५.२ म्याग्निट्यूडको भूकम्प गयो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

गएराति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।  ५.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

पछिल्लो समय बझाङ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । गत असोज १६ गते बझाङ केन्द्र भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो ।