८ कार्तिक २०८३, आइतबार

सोनाको हत्या कि आत्महत्या ?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । दोलखाको कालिञ्चोक गाउँपालिका ८ मलेपुकी सोना शिवाकोटी गत असोज २ गते धादिङको एक रिसोर्टमा मृत फेला परिन् ।

२५ वर्षीया सोना सिम्लेमा रहेको द क्लिफ साइट रिसोर्टमा मृत फेला परेकी हुन् । उनी बाथरुममा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको मृत्यु शंकास्पद देखिएको छ । सोनासँगै उक्त रिसोर्टमा भुवन श्रेष्ठ पनि बसेका थिए । उनीहरू ६–७ महिनादेखि निकट रहेका पाइएको छ । उनै श्रेष्ठले रिसोर्टका मालिकलाई सम्पर्क गरी सोना मृत फेला परेको जानकारी गराएका थिए ।

घटनाको जानकारी पाएपछि प्रहरी पुगेर घटनास्थलको मुचुल्का उठाएको थियो । उनको शव बाथरूमको भुईँमा भेटिएको थियो भने सल टावेल राख्ने ह्याङ्गर झुन्डिएको थियो । प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सोधपुछका क्रममा युवकले सोनाले आत्महत्या गरेको बयान दिए पनि घटना शंकास्पद रहेको पनि सोनाका आफन्तले निष्पक्ष छानबिनको माग गरिरहेका छन् । उनको हत्या भएको परिवारको दाबी छ ।

घटना मध्यान्ह १२ बजेतिरको भए पनि भुवनले उक्त रिसोर्टका मालिकलाई दिउँसो ३:३० बजेतिरमात्र खबर गरेकोसमेत पाइएको छ । सोना र भुवन असोज २ गते बिहानै काठमाडौँबाट धादिङ गएर रिसोर्टमा बसेका थिए ।