८ कार्तिक २०८३, आइतबार

एमालेको कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरू अतालिए: केपी शर्मा ओली (भिडिओ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको बताएका छन् ।

बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् ।

यसअघिको एमाले सरकारले मुलुकको विकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । आफ्नो सरकारको पालामा हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको ओलीले दावी गरे ।

तराईमा सिँचाइको पहुँच पुर्‍याउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषा लगायतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिँचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिँचाइको समस्या सदाका लागि अन्त्य गर्ने ओलीको धारणा छ । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले २०८४ मा नेकपा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको स्पष्ट पारे । उनले सहमतिमा अधिवेशन सम्पन्न गरी एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।