
काठमाडौं, २३ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व कराँते प्रतियोगितामा भाग लिन जान लागेका नेपाली खेलाडीलाई बिदाइ गरेका छन् ।
आज बालकोटस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडी सूर्यबहादुर बुढाथोकीलाई बिदाइ गरेका हुन् ।
अध्यक्ष ओलीले उनलाई नेपालको राष्ट्रिय झण्डा पहिराएर बिदाइ गरे । बिदाइ कार्यक्रममा एमालेका नेताहरू, नेपाल खेलकुद महासंघका पदाधिकारी तथा सदस्य र खेलाडीहरूको सहभागिता थियो ।
बुढाथोकी जापानमा हुन गइरहेको १३औँ विश्व कराँते प्रतियोगितामा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।
हेरौँ तस्वीरहरू–














प्रतिक्रिया