२८ आश्विन २०८३, बुधबार

एमालेलाई पहिलो भएर पुगेन एकल बहुमत चाहियो : शंकर पोखरेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २३ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले पहिलो पार्टी मात्रै भएर नपुग्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको आज मंगलबार गृहजिल्ला दाङमा प्रथम सम्मेलन उद्घाटनपछि उनले अहिले पहिलो पार्टी हुँदा हुँदै पनि एमालेले केन्द्र र प्रदेशमा सरकार बनाउन नसकेको चर्चा गर्दै यो अवस्थाको अन्त्य गर्नका लागि एकल बहुमतको सरकार बनाउन सक्नेगरी अगाडि बढ्नुपर्ने बताएका हुन् ।

जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्ल्याउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको चर्चा गर्दै उनले एमालेको अहिलेको मुख्य लक्ष्य पार्टी सुदृढीकरण, एकताबद्ध बनाएर आउँदो २०८४ सालमा हुने सबै निर्वाचनमा पहिलो शक्ति बन्नेतर्फ केन्द्रित भएको बताए ।

थारु समुदायले मुलुकको समृद्धि र विकासका लागि खेलेको भूमिकाको प्रशंशा गर्दै महासचिव पोखरेलले परिवर्तनकामी आन्दोलनमा थारु समुदायको ऐतिहासिक भूमिका रहेको र नेपालका आदिबासी भूमीपुत्र थारु समुदायलाई राज्यको सबै क्षेत्रमा नेतृत्वदायि भूमिकामा पुर्‍याउनुपर्ने विचार व्यक्त गरे ।