२७ कार्तिक २०८३, शुक्रबार

एमाले सुदूरपश्चिमको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता, आजै मतदान

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश अध्यक्षका लागि अछामका कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना, भरतबहादुर साउद र  कञ्चनपुरका बचनबहादुर सिंहले उम्मेदवारी दिएका हुन् ।

प्रदेश निर्वाचन कमिटीले आज बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । यद्यपी अहिले पनि उम्मेदवारी दर्ता भइरहेको बताइएको छ ।

बिहान ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । दिउँसो १२ः३० बजे देखि २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको कार्यतालिका रहेको छ ।

दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने साँझ ५ बजेबाट मतदान हुने प्रदेश निर्वाचन कमिटीले जनाएको छ ।