२८ आश्विन २०८३, बुधबार

राष्ट्रपति पौडेलको उपचार खर्चमा सर्वोच्चले सरकारसँग माग्यो कारण (आदेशसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च किन दिन लागेको भनेर कारण माग गरेको छ ।

सर्वाेच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको उत्प्रेषण/परमादेश रिट निवेदनमा राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल सरकार मन्त्रिपरिषदको कार्यालय समेतका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले उक्त निवेदनलाई अग्राधिकार दिने आदेश समेत गरेको छ । सर्वाेच्चको आदेशमा भनिएको छ ‘प्रस्तुत निवेदन सरकारी कोषबाट औषधि उपचारका लागि भनी रकम निकाशासँग सम्बन्धित भइ छिटो निरूपण हुन पर्ने प्रकृतिको देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिइ पेश गर्नू ।’

निवेदकको तर्फबाट अधिवक्ताहरु लीलानाथ घिमिरे, प्रगति ढकाल र निवेदक स्वयम् अधिवक्ता गिरीले बहस गरेका थिए ।