२८ आश्विन २०८३, बुधबार

नेपाल टेलिकमले ल्यायो व्यक्तिगत प्याकेजमा ‘प्रमोसनल अफर’, अरु के–के ?

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेपाल टेलिकमले एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ ।

चाडवाडलक्षित अफरअन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको कम्पनीले जनाएको छ ।

सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो अफरमा हाल १० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्ने छन् ।

यसैगरी, ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमबीपीएसको सेवा प्राप्त गर्न सक्नेछन् । हाल ८० एमबीपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमबीपीएस गतिको सेवा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

साथै, हाल उपलब्ध हुँदै आएको फेयर युजेज पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको कम्पनीको भनाइ छ । साथै, हाल ३० एमबीपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिँदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ ।

यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिँदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *1416# डायल गर्नु पर्दछ । यो योजना आगामी बिहीबारदेखि लागू हुने छ ।