
रूपन्देही, २२ असोज । अघिल्लो दिन नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका एम जना एमालेका नेता भोलिपल्ट पुन: एमालेमै फर्र्किएका छन् ।
यसरी पार्टी प्रवेशको २४ घण्टा बित्न नपाउँदै पुन: मुल पार्टी एमालेमा फर्किने नेता हुन्, रूपन्देहीको एमाले रोहिणी गाउँपालिका अध्यक्ष सुनिल कौशल हुन् ।
उनले आज सोमबार हस्तलिखित विज्ञप्ति जारी गर्दै आफूसहितको टीम नेकपा एमालेमै रहेको जनाएका छन् । नेकपा एसमा प्रवेश गर्नु आफ्नो ठूलो गल्ती भएको महसुस गर्दै उनले अब यस्तो गल्ती नदोहोर्याउने सङ्कल्प समेत गरेका छन् ।
उनले हिजो आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग टीका लगाएर पार्टी प्रवेश गरेका थिए ।
हेर्नुहोस् विज्ञप्ति–














प्रतिक्रिया