३ कार्तिक २०८३, मंगलबार

चर्काे दबाबपछि बल्ल फर्किन मान्यो भारतीय सेना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian_armyकाठमाडौं, २१ जेठ । भूकम्पलगत्तै उद्दार र राहतका लागि आएको भारतीय सेनाको अन्तिम टोली र हेलिकप्टरहरु यो साताभित्रै फर्कंने भएका छन् ।

वैशाख १२ को अपराह्नदेखि जहाजहरुसहित आएका भारतीय सैनिकहरुको अन्तिम टोलीमा ६९ जना रहेको नेपाली सेनाले जनाएको छ । भारतीय सेनाको यो टोलीमा जहाजका पाइलटहरु, इन्जिनियरहरु, अन्य प्राविधिक र तिनका सहयोगी सैनिक छन् ।

सुरुमा काठमाडौं र त्यसपछि पोखरा विमानस्थलमा एयर बेस बनाएर राहत र उद्दारमा खटाइएका जहाजहरुमध्ये अब ६ वटा काठमाडौंमा र रहेको सैनिक स्रोतले बतायो । यीमध्ये तीनवटा एमआई १७ हेलिकप्टर भारतीय वायुसेनाका छन् भने तीनवटा अल्ट्रालाइट हेलिकप्टर भारतीय आर्मी एभिएसनका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।