३ कार्तिक २०८३, मंगलबार

सरकारबाट एमालेका मन्त्रीले सामूहिक राजीनामा दिने, यस्तो कारण छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Buildingकाठमाडौं, २१ जेठ ।  संविधान निर्माण र भूकम्पबाट भएको क्षति पुननिर्माणका लागि वर्तमान सरकार परिवर्तन आवश्यक भएको भन्दै नेताहरू तीब्र गतिविधिमा लागेका छन्। एमाले र एमाओवादीका नेताहरूले यो सरकार असफल भइसकेको र यसले ब संविधान निर्माण र भूकम्पबाट भएको पुनर्निर्माण गर्ने हैसियत नराख्ने निष्कर्ष निकालेका छन्।

केही सन्दर्भमा संविधानसभामा रहेका चार प्रमुख शक्तिबीच कुरा भइरहेको तर  कुरा  नमिलिरहेको अवस्थामा एमाले र एमाओवादीबीच गम्भीररूपमा कुरा हुन थालेको छ। एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने गरी एमाले र एमाओवादी लागेका छन्।

लामिम्पाटस्थित एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बुधबार भएको भेटवार्तामा सुशील कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरी नयाँ सरकार गठनका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

एमाओवादी अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता नेपाल र एमाओवादीकै वरिष्ठ नेता डा.बाबुराम भट्टराईबीच गोप्य कुरा भएको थियो। उनीहरूबीच  कांग्रेस राष्ट्रिय सहमतिको सरकारका लागि तयार नभएमा  एमालेका मन्त्रीहरूले आवश्यक परे सामूहिक राजीनामा दिनेसम्मको कुरा भएको बुझिएको छ।

कांग्रेसले पुननिर्माणका लागि मात्रै राष्ट्रिय सरकार गठन आवश्यक नरहेको भन्दै नयाँ संविधान जारी गर्ने विषय जोडदाररुपमा अघि सारेपछि एमाले र एमाओवादी नयाँ रणनीति बनाउनुपर्ने पक्षमा लागेका छन् । आजको नेपाल सामाचारपत्र दैनिकमा खबर छ ।