२८ आश्विन २०८३, बुधबार

सरकारको भ्रष्टाचारविरोधी अभियान प्रभावकारी हुन सकेन : झलनाथ खनाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारबिरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको बताएका छन् ।

पार्टीको समाजवादी जागरण अभियानअन्र्तगत आज आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले सुशासन र भ्रष्टाचारबिरुद्ध सरकारले अभियान सुरु गरेपछि विभिन्न प्रकरणहरु बिचैमा तुहिएकाले सरकारको अभियान प्रभावकारी हुन नसकेको बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा पनि मुख्य मान्छे नभई भरियामात्रै समातिएको जिकिर गरे । समाजमा दलाल पुँजीवाद हाबी भएका कारण चाहेर पनि मुलुकबाट भ्रष्टचार अन्त्य हुन नसक्ने उनको भनाइ छ ।

खनालले अर्धसामन्ती व्यवस्था र अहिलेको पुँजीवादी व्यवस्था शोषण मूलक व्यवस्था रहेकाले समाजबिना देशलाई निकास दिन नसक्ने बताए । उनले देशमा रोजगार नहुँदा युवाशक्तिहरू विदेशी भूमिमा पलायन हुनुपरेको बताउँदै देशमा नै रोजगारीको सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।

खनालले मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर पार्टीले समाजवादी जागरण अभियान चलाइरहेको बताउँदै अभियानले मुलुकलाई निकास दिने दाबी गरे ।