
काठमाडौं, २१ असोज । आपराधिक विश्वासघात गरेको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीका आधारमा निर्देशक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यही घटनामा संलग्न रहेको भन्दै युट्युव च्यानल ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल आजै पक्राउ परिसकेका छन् ।
जाहेरीअनुसार प्रसाद–२ का निर्माताले आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएकी दाबी गरेका छन् ।
सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनकी पत्नी सुप्रियाले निर्दोषलाई फसाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । देशमा पहुँच हुनेले जे गरे पनि हुने भन्दै उनले फेसबुकमा लेखेकी छिन्, ‘प्रहरीले जाहेरीमा समेत प्रमाण नदेखेपछि सीधै सरकारी वकिलमार्फत् गएर राजनीतिक पहुँचका भरमा पक्राउ पुर्जी जारी गर्ने ? न्यायालयको त विश्वास छैन, कसको विश्वास रह्यो र ? पारिश्रमिकमा काम गर्ने निर्देशक, सम्पादक र आफ्नो लगानीले डिजिटल राइटस् लिने कम्पनी सञ्चालकजस्ता निर्दोष मान्छेलाई फसाउने ?’
कटवालले राजनीतिक शक्तिको चरम दुरुपयोग भएको भन्दै मुख्य नाइकेलाई पक्रेर अगाडि ल्याउन चुनौती समेत दिएकी छिन् ।













प्रतिक्रिया