
काठमाडौं, २१ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत्त बनाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा केसीले संघीयताका नाममा देशमा समस्या उत्पन्न भइरहेको भन्दै प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्ने बताएका हुन् ।
उनले मुलुकले संघीयता धान्न नसक्ने भन्दै प्रजातान्त्रिक विकेन्द्रीकरण गर्न सुझाव दिए । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने महसुस जनताले गरेको उनको भनाइ छ ।
केसीले विकसित देशहरू पनि एकतात्मक प्रणालीमा नै रहेको अवस्थामा संघीयतामाथि विचार गर्न सुझाव दिए ।













प्रतिक्रिया