२७ कार्तिक २०८३, शुक्रबार

एसका डोटी अध्यक्ष बोगटी एमालेमै फर्कने, प्रेम आलेलाई धक्का

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेकपा (एकीकृत समाजवादी)का डोटी जिल्ला अध्यक्ष दीर्घराज बोगटी नेकपा (एमाले)मा फर्कने भएका छन् ।

उनी आज धनगढीमा हुने एमाले सुदुरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोह कार्यक्रममा एमाले फर्कन लागेका हुन् । बोगटीसहित जिल्लाका स्थापित नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बोगटी एमाले फर्कन लागेको थाहापाएसँगै शनिबार एकीकृत समाजवादीकी डोटी जिल्ला इन्चार्ज पूर्णा जोशीले एक विज्ञप्ति जारी गर्दै बोगटीलाई पदमुक्त गरिएको बताएकी छन् ।

नेकपा एसका नेता एवं पूर्वमन्त्री प्रेम आलेको गृहजिल्लाका अध्यक्ष सहितका नेताहरू एमालेमा फर्किन लागेपछि आलेलाई ठूलो धक्का पुगेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट पूर्वी चौकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित बोगटीले एमाले विभाजनपछि एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।