३ कार्तिक २०८३, मंगलबार

राहत सामाग्री काठमाडौंमा थुप्रियो, पीडितले कहिले पाउने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahatकाठमाडौं, २१ जेठ । भूकम्पबाट धेरै क्षति पुगेका १६ जिल्लामध्ये सबैभन्दा बढी राहत सामग्री काठमाडौंमा वितरण भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मंगलबार (जेठ १९) सम्म १३१ ट्रक राहत सामग्री काठमाडौं जिल्ल प्रशासन कार्यालयमा पठाइसकिएको कारोबार दैनिकले छापेको छ ।

काठमाडौंमा ४८ हजार ८५७ त्रिपाल र ४४९८ क्विन्टल चामल वितरण भएको छ । २३ हजार ८९८ कार्टुन चाउचाउ, १२ हजार ९०५ कार्टुन बिस्कुट, १३ हजार ४६४केस पानी, १४८ क्विन्टल नुन र ७५४ क्विन्टल चिउरा बितरण गरिएको छ ।

न्त्रालयका प्रवक्त शम्भुप्रसाद घिमिरेले प्रशासन कार्यालयको मागबमोजिम नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङमार्फत राहत सामग्री पठाउने गरिएको बताए ।