
काठमाडौं, २१ असोज । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।
त्यसपछि सभामुखले “विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
आजकै बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।












प्रतिक्रिया