२८ आश्विन २०८३, बुधबार

सत्ता स्वार्थको प्रवृत्ति हाबी हुँदा जनताले दु:ख पाए : केपी ओली (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय हितभन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हाबी भएको बताएका छन् ।

आज शनिबार काठमाडौंमा आयोजित विद्युत् विधेयक २०८० अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको अपव्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नहुने बताएका हुन् ।

अहिले देशमा राष्ट्रिय हित भन्दा पनि बढी सत्ता स्वार्थको प्रवृत्ति हाबी भएको भन्दै उनले कानुनको अपव्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नदिन सजग रहनु पर्ने बताएका छन् । अध्यक्ष ओलीले विद्युत् विधेयक एमाले केन्द्रित नभएर देश केन्द्रित भएको दाबी गरे ।

अध्यक्ष ओलीले विधेयकबारे संसदमा आफूहरु प्रतिपक्षको भूमिकामा भन्दा पनि राष्ट्रको पक्षमा रहेर राम्रो छलफल गर्ने बताए । विधेयकले विद्युत् विकासको आकांक्षा उत्पादन र त्यसको बिक्रीका सबै प्रक्रियामा नेपाललाई नोक्सान नहुने उनको भनाइ छ ।

हेर्नुहोस् भिडिओ–