२८ आश्विन २०८३, बुधबार

गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो अवार्ड

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन् ।

तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन् ।

एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित कार्यक्रम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्ड चाबहिलको सभाहलमा सम्पन्न भएको हो ।

बिरिसु मिडियाका निर्देशक समेत रहेका स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्मस अवार्डमा कला सम्मान, पहिलो लाङटाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रालीद्वारा सम्मानित भइसकेकी छिन् ।