
काठमाडौं, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनमा जारी एसियाली खेलकुदमा करातेमार्फत रजत पदक जित्ने एरिका गुरुङ र कवड्डीमार्फत काश्य पदक जितेर देशको नाम राख्न सफल भएका नेपाली छोरीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
आज शनिबार उनले आफ्नो फेसबुकमार्फत उनीहरूलाई बधाई तथा शुभकामना दिएका हुन् । नेपाली छोरीहरूले खेलमा दिएको खुसी भन्दै ओलीले लेखेका छन्, ‘यसपाली एसियाली खेलकुदमा एरिका गुरुङले रजतपदक जितेर, अनि कबड्डीमा काश्यपदकमा देशको नाम राखेर खुसी दिएका छन् । बधाई नेपाली छोरीहरूलाई !’
यस्तै, उनले नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीलबीच भएको टीकाटालो (इन्गेजमेन्ट) लाई लिएर पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
‘नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट (टीकाटालो) गरे । मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ,’ उनले लेखेका छन् ।













प्रतिक्रिया