२८ आश्विन २०८३, बुधबार

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका थापा र माओवादीका आङ्बोको दाबी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा र नेकपा माओवादी केन्द्रका ईन्द्रबहादुर आङ्बोले दाबी गरेका छन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले आज पदबाट राजीनामा दिएसँगै गठबन्धनभित्रैबाट थापा र आङ्बोले दाबी गरेका हुन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका तथा यसअघि मुख्यमन्त्री नियुक्त भइसकेका उद्धव थापाले संविधानको धारा १६८ (५) अनुसारको मुख्यमन्त्रीमा पनि आफ्नो दाबी रहेको बताएका छन् ।

कार्कीको राजीनामासँगै कोशी प्रदेशमा अब संविधानको धारा १६८ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ । यो व्यवस्था अनुसार सरकार गठन गर्न संसदीय दलको नेता नभए पनि हुन्छ । प्रदेश सभाका कुनै पनि सदस्यले बहुमत जुटाएर दाबी गर्न सक्ने व्यवस्था यो धारामा छ ।

यस्तै, नेपाली कांग्रेसले दुई–दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने माओवादी संसदीय दलका नेता आङ्बोको तर्क छ ।

अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्न नहुने उनको भनाइ छ ।