![]()
काठमाडौं, २० असोज । चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।
६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् ।
यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८–४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् ।













प्रतिक्रिया