२८ आश्विन २०८३, बुधबार

नेताहरूलाई आरोप र आशंकाको दृष्टिले हेर्दा समाज ठिक ठाँउमा जाँदैन : केपी ओली (भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सवै पार्टीहरूलाइ एकै ठाउँ राखेर हेर्न नहुने बताएका छन् ।

नेकपा एमाले सम्पर्क समन्वयन कमिटीले आज शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले धेरै पार्टीहरूलाई पार्टीहरूलाई एकै ठाउँमा राखेर हेर्न नहुने र राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्ने बताएका हुन् ।

सबै नेताहरूलाई आरोप र आशंकाको दृष्टिले हेर्दा समाज ठिक ठाँउमा जान नसक्ने समेत उनले बताएका छन् । ओलीले चाडपर्वलाई भ्रमबाट दूर गर्ने, चेतनाको प्रकाश पुर्‍याउने माध्यमको रुपमा लिनुपर्ने धारणा पनि व्यक्त गरे ।

चाडपर्वको समयलाई व्यक्तिगत ज्ञान बढाउनका लागि उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

हेर्नुहोस् भिडिओ–