
काठमाडौं, २० असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकलाई बचाउने र बनाउने हो भने निर्णायक आन्दोलनको तयारीमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
आज शनिबार पार्टीको ललितपुर जिल्ला कार्य समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले ०६२/०६३ को परिवर्तनपछि मुलुकमा लागू गरिएको ‘रोडम्याप’ले मुलुकलाई गति दिन नसकिने दाबी गर्दै निर्णायक आन्दोलनको आवश्यकता औंल्याएका हुन् ।
अब राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुअधिराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली आवश्यक रहेको बताउँदै उनले मुलुकमा कायम भ्रष्टाचार, बेथिति, धर्म परिवर्तन र कुशासनको अन्त्यका लागि आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
संगठन निर्माणसँगै आन्दोलनको व्यापक तयारीमा जुट्न समेत थापाले आग्रह गरेका छन् । मुलुकमा रहेको ब्र्हमलुटको अन्त्य र प्रमुख दलका केही प्रमुख नेताहरूको सिन्डिकेटले मुलुकलाई बन्धक बनाएको आरोप उनको छ ।













प्रतिक्रिया