२८ आश्विन २०८३, बुधबार

संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका छन् ।

आज शनिबार काठमाडौंमा स्थानीय सरकार अपेक्षा र अवस्था नामक पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार घरगाउँमा पुर्‍याउने उद्देश्यका साथ संघीय लोकतान्त्रिक व्यवस्था आए पनि त्यसमा प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका हुन् ।

स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी रहेको उनको भनाइ छ । राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रिक व्यवस्था बलियो हुने तर्क उनको छ ।

प्रधानमन्त्री प्रचण्डले संघीयतासम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रुपमा कार्यान्व्यन हुन नसक्दा बिभिन्न आशंका पैदा हुने अवस्था आएको जिकिर गरे । लामो संघर्षपछि प्राप्त उपलब्धिलाई जनताको हितमा इमान्दारीका साथ लागू गरेको छ कि छैन भनेर समीक्षा गर्ने बेला आएको समेत उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले जनतामा सकारात्मक परिवर्तनको महशुस नहुदासम्म संघीय व्यवस्थाको औचित्य पुष्टि हुन नसक्ने धारणा व्यक्त गरे ।

हेर्नुहोस् भिडिओ–