२९ आश्विन २०८३, बिहिबार

टिपरको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २० असोज । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौँ जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा.९७ प. २९५० नंको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भई हाल सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

ठक्कर दिने टिपर चालक फरार छन् ।