२७ कार्तिक २०८३, शुक्रबार

काठमाडौं जाँदै गरेको कन्टेनर कुन्छालमा दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २० असोज । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा कन्टेनर गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज शनिबार बिहान वीरगंजबाट काठमाडौं जाँदै गरेको ना.६ख ३९८७ नम्बरको कन्टेनर कुन्छालको मोडमा दुर्घटना हुँदा गाडी सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कन्टेनर चालक नुवाकोट बेलकोट-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।