
काठमाडौं, १९ असोज । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका छन् ।
आज शुक्रबार काठमाडौंमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका हुन् ।
अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टिकाटिप्पणी गर्ने मौका दिन नहुने उनको भनाइ छ । पार्टीभित्रको प्रतिस्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमतिमा नै जान उनले जोड दिए ।

ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्याङ्कन गर्ने भएकाले नेतृत्वको मूल्याङ्कनमा भर नपर्दा समस्या देखिन सक्ने तर्क समेत गरे । पार्टीको आन्तरिक चुनावलाई जित्दा उन्माद चढेजस्तो गर्ने र हार्दा निराश हुने अवस्था आउन दिन नहुनेमा अध्यक्ष ओलीको जोड छ ।













प्रतिक्रिया