२८ आश्विन २०८३, बुधबार

धार्मिक सदभाव बिथोलेको पुष्टि गरे सबै जिम्मेवारी राप्रपाले लिन्छ : दीपकबहादुर सिंह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । राप्रपाका सांसद दीपकबहादुर सिंहले धार्मिक सदभाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।

आज शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले मुलुकमा धार्मिक सदभाव कायम गर्नुपर्छ भन्नेमा आफ्नो पार्टी एकमत रहेको भन्दै कहिँकतै धार्मिक सदभाव बिथोल्ने काममा राप्रपाका कोही व्यक्ति संलग्न भए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका हुन् ।

उनले धार्मिक सदभाव बिथोल्ने काममा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता भए कारबाही गर्न समेत सरकारलाई चुनौती दिए । धार्मिक सदभाव बिथोल्ने काममा पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्न भए आफू सांसद पदबाटै राजीनामा दिने उनको भनाइ छ ।

उनले विभिन्न प्रकरणमा आफ्नो दोष अरुलाई थोपार्न राजवादीहरुलाई आरोप लगाइएको तर्क गरे ।