
काठमाडौं, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बझाङ प्रस्थान गएका छन् ।
गत सोमबार गएको भूकम्पको क्षति र प्रभावितको अवस्था अवलोकन गर्न प्रधानमन्त्री बझाङ गएका हुन् । प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै बझाङ गएका हुन् ।
प्रधानमन्त्री प्रचण्डसँगै टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।
सोमबार चैनपुरलाई केन्द्रबिन्दू बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, १८ जना घाइते भएका छन् भने सयौँ घर भत्किएका छन् ।















प्रतिक्रिया