२७ कार्तिक २०८३, शुक्रबार

भूकम्प प्रभावित बझाङ जाँदै प्रधानमन्त्री

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन् ।

उनी शुक्रबार बिहान साढे १० बजे, नेपाली सेनाको हेलिकोप्टरमार्फत् बझाङ जाने कार्यक्रम छ ।

उनले भूकम्प प्रभावित बझाङमा पुगेर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुननिर्माणको काम गर्नका लागि सरकारी निकायलाई आवश्यक निर्देशन दिने छन् ।

यसअघि बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्रीले थप राहत र पुनः स्थापनाका लागि तत्काल कार्य अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।