
काठमाडौं, १८ असोज । उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका आचार्य श्रीनिवास रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्यलाई बिहीबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । लगत्तै उनी जरिवाना तिरेर रिहा भएका हुन् ।
श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो ।
आचार्यले धार्मिक हिंसा भड्काउने भाषण गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक भाषण गरेका थिए ।















प्रतिक्रिया