७ कार्तिक २०८३, शनिबार

त्रिभुवन विमानस्थलबाट सुनसहित दुईजना पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुईजना पक्राउ परेका छन् ।

विमानस्थलको आगमनमा चेकजाँचका क्रममा ३ सय २० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।

उनीहरू हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका थिए । उनीहरूलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।