२७ कार्तिक २०८३, शुक्रबार

रिगलको आममाफी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । केहि दिनअघि जेलमुक्त भएका बाँकेका योगराज ढकाल (रिगल)को आममाफीविरूद्वको रिटमा आज बिहीबार सुनुवाइ हुँदैछ ।

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललले रिगललाई आममाफी दिएका थिए ।

रिगलले २०७२ साल असार २९ गते नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए । अदालतले उनलाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो । तर सरकारको सिफारिमा राष्ट्रपतिले रिगललाई आममाफी दिएपछि मृतक चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

उनले रिगलको आममाफी फिर्ता हुनुपर्ने माग राखेकी छन् । सोही रिटमा आज सुनुवाइ हुने भएको हो ।

यसैबीच, रिगलले आममाफी पाएपछि सरकार र राष्ट्रपतिको चौतर्फी आलोचना भइरहेको छ ।

सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले सरकारको आलोचना गरिरहेका छन् ।

चेतनकी श्रीमती मानन्धरले रिगललाई आममाफी दिने निर्णय फिर्ता गर्न माग गर्दै अनशन पनि बसिरहेकी छन् ।

न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा हिजोदेखि रिले अनसन थालेकी हुन् । उनले न्याय नपाएसम्म घर नफर्किने बताएकी छन् ।

रिगललाई फेरि जेल चलान गर्नुपर्ने उनको माग छ । हिजो सर्वोच्च अदालतमा तारेख बुझ्न गएका बेला मानन्धर सर्वोच्च परिसरमा ढलेपछि उनलाई वीर अस्पताल लगेर उपचार गरिएको थियो ।