२७ कार्तिक २०८३, शुक्रबार

बागमती प्रदेश सभा बैठक अनिश्चित कालका लागि स्थगित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १८ असोज । बागमती प्रदेश सभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

हिजो बुधबार अपरान्ह ४ बजे बसेको प्रदेश सभा बैठकमा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । बुधबार करिब ५ मिनेट बैठक बसेर अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेश सभामा विजनेश नभएकाले बैठक स्थगित गर्नु परेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि सोमबार र मंगलबार प्रदेश सभा बैठक सञ्चालन हुन सकेको थिएन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विवादास्पद चिट्ठा विधेयकको विरोध गर्दै बैठक अवरुद्ध गरेको थियो ।

विवादास्पद चिट्ठा विधेयक गत वैशाख १२ गते संसदबाट पारित भई प्रदेश प्रमुख कार्यालयमा गएको थियो तर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रदेश प्रमुखले फिर्ता गरिदिएका थिए ।

गत जेठ ७ गते पुनः संसदमा फिर्ता भएको उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन सुझाव सहित पुनः छलफलका लागि प्रदेश प्रमुख शर्माले फिर्ता पठाएका थिए । तर, सोही फिर्ता भएको चिठ्ठा विधेयक प्रदेश सरकारले एकाएक सोमबारको बैठकमा पेश गर्न खोजे पछि एमालेले बैठक अवरुद्ध गरेको थियो ।

बुधबार प्रदेश सभा सचिवालयले चिठ्ठा विधेयक कार्यसूचीबाट हटाएसँगै बैठक सञ्चालन भएको थियो ।