२७ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । प्रतिनिधि सभाको बैठक आज बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुखले “विद्यतु विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । त्यसपछि बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८०” पेश गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

आजकै बैठकमा सभामुखले पूर्व प्रतिनिधि सभा सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।