३० आश्विन २०८३, शुक्रबार

खुमनले ल्याए ‘बस्नु पर्छ फेरि यो मन जलाई’, छायांकन पाल्पामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo 2

– सुशिल नेपाल

पाल्पा । पछिल्लो समयमा पाल्पामा चलचित्र तथा म्युजिक भिडियो छायांकन हुने क्रम बढेको छ । छायांकनका लागि मनोरम स्थानको खोजीमा युनिट पाल्पा आउने क्रम बढेको हो । आज मात्र पनि पाल्पाका मनोरम स्थानमा एक म्युजिक भिडियोको छायांकन गरिएको छ ।

photo 1

चर्चित लोकगायक खुमन अधिकारी र दर्शना तिवारीको स्वरमा रहेको लोकगीत ‘बस्नु पर्छ फेरि यो मन जलाई’को म्युजिक भिडियो पाल्पाका बिभिन्न मनोरम स्थानमा छायांकन गरिएको हो । पाल्पाको प्रभाष, बतासे लगायतका मनोरम स्थानमा छायांकन गरिएको भिडियोमा बरुण घिमिरे, गीता केसी, ओमहरि आचार्य र दिप्शा पराजुलीले अभिनय गरेका छन् ।

मायामा जति नै उतारचढाब आएपनि चोखो मायालाई कसैले रोक्न सक्दैन भन्ने भावनालाई भिडियोमा उतारिएको निर्देशक गौरव गिरीले बताए । भिडियोमा दिनेश कुमार श्रेष्ठको श्रृङगार र सुजन न्यौपानेको व्यबस्थापन रहेको भिडियोलाई टंक केसीले आकर्षक तरिकाले खिचेका छन् । भिडियोलाई चाँडै नै बजारमा ल्याउने निर्देशक गिरीले जनाए ।