
काठमाडौं, १७ असोज । नेपालगन्जमा लगाइएको कर्फ्यू खुकुलो बनाउने निर्णय भएको छ ।
आज बसेको सर्वपक्षीय बैठकले कर्फ्यू खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय भएको हो ।
यस्तै, सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।
धार्मिक हिंसा भड्किने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मङ्गलवार दिउँसो १ बजेबाट नेपागञ्जमा कर्फ्यू लगाएको छ।
















प्रतिक्रिया