
काठमाडौं, १७ असोज । रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रीता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियारले घर्ती र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवविरुद्धसहित १३ जनाविरूद्व भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता गरिएकामा तत्कालीन योजना अधिकृत (सहायक पाँचौ) कृष्ण बहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी, तत्कालीन सव(इन्जिनियर रोशनी विष्ट, तत्कालीन खानेपानी तथा सरसफाई टेक्निसियन बलबहादुर बस्नेत, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, तत्कालीन सचिव खडकबहादुर डाँगी, तत्कालीन कोषाध्यक्ष चन्द्रकुमारी डाँगी, तत्कालीन वडाध्यक्ष भूपाल दमाई, तत्कालीन वडा सदस्य टिका विक, तत्कालीन वडा सदस्य गनबहादुर भण्डारी र तत्कालीन वडा सचिव कुलबहादुर योगी रहेका छन् ।
गंगादेव गाउँपालिका-२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी गरेर भ्रष्टाचार भएको पाइएको अख्तियारले जनाएको छ ।
झुटो बिल बनाई ४ लाख ६६ हजार ४ सय ८८ रुपैयाँ ९८ पैसा बढी भुक्तानी भएको पाइएको बताइएको छ ।















प्रतिक्रिया