
काठमाडौं, १७ असोज । पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले सामुहिक रुपमा राजीनामा दिएका छन् ।
इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवाद पछि उनीहरुले सामुहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा परीक्षा बोर्डका अध्यक्ष सुशीलबहादुर बज्राचार्य, सदस्यहरु ईन्द्रप्रसाद आचार्य, संजिव प्रसाद पाण्डे, किरणचन्द्र दाहाल, सदस्य सचिव बिदुर ढकाल, सल्लाहकार सुरज लामिछाने र हिक्मत राज जोशी रहेका छन् ।
उनीहरुले पछिल्लो सूचनाका आधारमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।












प्रतिक्रिया