१ कार्तिक २०८३, आइतबार

एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुंगो लाग्दै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मंगलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ ।

मंगलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ ।

यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौँ तथा हङ्कङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ ।

महिला कबड्डीमा नेपालको पदकको टुंगो केहीबेरमा लाग्ने

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत नेपालको पदकको टुंगो केहीबेरमा लाग्ने भएको छ ।

महिला कबड्डीतर्फ आज हुने इरान र बंगलादेशबीचको खेलबाट नेपालको पदकको टुंगो लाग्ने छ । उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुने छ । सो खेल बंगलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्ने छ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा इरान र बंगलादेश समेत छन् । हालसम्म नेपाल र इरानले एक एक खेल जितेका छन् । नेपालले बंगलादेशलाई पराजित गरेको थियो । तर अर्को खेलमा नेपाल इरानसित पराजित भएको थियो ।